आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !

काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन  ।  आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

जारी स्थायी कमिटिमा अनुपस्थित प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र सक्रिय छ ।’

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरु पनि दिल्ली उक्सावटमा लागेको बताए । प्रधानमन्त्री ओलीले कसैले हटाउन नसोचे हुन्छ भन्दै चेतावनी समेत दिए । भने, ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सिमाको बिषयमा केन्द्रीयत स्थायी कमिटि बैठकको बिषय ‘डाइर्भट’ भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायत स्थायी कमिटि सदस्यहरुले यो बिषयमा कुरा उठाएका छन् ।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए । एक स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले भनेका थिए, ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् ।’

बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरे । बैठकको सुरुमा बोल्दै अध्यक्ष नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।