मृगौला पिडितलाई सहयोग गरेर मनाइन् नेतृ सिंहले आफ्नो जन्मदिन

कालिकोट, कालीकोट नेकपा जिल्ला कमिटि सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (ख) कालीकोटकी सचिव पार्वती सिंहले आफनो जन्मदिन मृगौलाका पिडितलाई सहयोग गरेर मनाएकी छन । युवा नेतृ सिंहले सामाजीक सञ्जालमा आफ्नो जन्मदिनको अबसरमा सहयोग घोषण गरेर मनाएकी  हुन ।

युवा नेतृ सिंहले लकडाउनको वेला आफ्नो जन्म दिनमा साथीभाईहरुलाई र आफन्तलाई जम्मा गरी भिडभाड गर्दे फजुल खर्च गर्नुभन्दा उपचारका लागी मृगाैला पिडित शान्नि त्रिवेणी गाउँपालीका ४ निवासि २० वर्षका बिशाल दर्जिलाई सामान्य भए पनि राहत् होस् भनेर सहयोग गरेको वताएकी छन्।

मनकारी नेतृ सिंहले सामाजि संजालमा भनेकी छन्। फर्जुल खर्च गर्ने मन र रहर कहिले जागेन र त्यो परिस्थिति पनी छैन् फलस्वरुप मेरो जन्म दिनको अवसरमा लामो समय देखि मृगौला पिडित विशाल दर्जीलाई सहयोग स्वरुप ५ हजार उनको सानिमा वैंकको खाता नं ०७३०११०६०००००४४५ मा १५ गते सार्वजनिक विदा भएको हुुदा १६ गते जम्मा गरिदिने निर्णय गरेको छु।

मृगौला पिडितको आगामि दुई महिना भित्र मिर्गौला प्रत्यारोपण गर्न नसकेमा उनको ज्यान पनि जान सक्ने छ। कक्षा ८ सम्म मात्र अध्ययन गरेका उनी आर्थिक अवस्था कम्जोर भएकै कारण बिद्यालय छोडेर मजदुरी गर्न भारत जान वाध्य भए।भारतवाट कमाएको पैसाले परिवार पालेका थिए।

यसै गरि नेतृ सिहले सवैलाई मानवीयताका हिसाबले सक्दो सहयोग गरेर विशालको ज्यान जोगाउन आग्रह गरेकि छन्।