दाङमा थप ५८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ सय ६८ पुग्यो
दाङ , दाङमा साेमबार आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । संक्रमित हुनेमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, नेपाली सेना र भारत तथा अन्य देशबाट आएका व्यक्तिहरु छन् ।
संक्रमित हुनेहरुमा गढवा गाउँपालिकाका २२ जना, बबई गाउँपालिकाका १० जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, घोराही उपमहानगरपालिकाका ६ जना, राप्ती गाउँपालिकाका ५ जना, शान्तिनगर गाउँपालिकाका २ जना र दंगीशरण गाउँपालिकाका २ जना रहेका छन् । योसँगै दाङकमा कोरोना संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । दंगीशरण गाउँपालिकामा आज दुई जना कोरोना देखिएसँगै दाङका दश वटै पालिकामा कोरोना संक्रमित भेटिएका छन् ।
यसैबीच आज संक्रमित हुनेमा यस्तै राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । यो सँगै प्रतिष्ठानमा कार्यररत ८ जना स्वास्थ्य कर्मीमा कोरोना देखिएको छ । यस्तै नेपाली सेनाको रिपुमर्दन गणका २ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
दुई साता पहिले भारतबाट घोराहीमा शव ल्याइ व्यवस्थापनमा खटिएका नेपाली सेनामा कोरोना देखिएको हो । यस अघि पनि सोही कार्यमा खटिएका एक जना नेपाली सेनामा कोरोनाको संक्रमण देखिएको थियो ।