लयाँटीमा सकियो ९०% धान रोपाइँ, ठूलो हिस्सामा रोपियो सेतो मार्सी

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वार्ड नम्बर ५, साबिकको लयाँटी गाबिसका अधिकांश खेतहरुमा धान रोपाइँ सम्पन्न भएको छ ।

 

गत जेष्ठ १९ गतेबाट पहिलो धान रोपाइँ भएको मा हालसम्म आइपुग्दा लगभग ९०% भन्दा बढी धान रोपाइ भएको छ । यो बर्ष समयमै प्रयाप्त वर्षा भएको कारणले छिट्टै धान रोपाइँ भएको कारणले कृषकहरु हर्षित देखिन्छन ।

यसका साथै अधिकांश खेतहरुमा ‘जारो’ अर्थात सेतो मार्सी धान रोपिएको छ । बाम सर्पा, बाँखेती, तल्लो दोगाडे, माथिल्लो दोगाडे डुङ्री खेत, पताँनि लगाएतका ठाउँहरुमा सेतो मार्सी रोपिएको छ भने अन्य ठाउहरु पाडिँला, सिमखेत, दुँनी, जोइनिछाल, भरभरे लगायत का ठाउँ हरुमा रोपाइँ कार्य भैरहेको छ ।

अबको कम्तिमा १ हप्ता र बढी मा १० दिनभित्र हाल रोपाइ जारी भैरहेका स्थानहरुमा पनि रोपाइँ कार्य सकिने यहाँ का स्थानिय कृषक धर्मराज कडायत को आकलन छ ।