यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)
कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो।
पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने र सम्पूर्ण वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको धान दिवस महोत्सवका रुपमा सफल भएको गाउँपालिका सुचना प्रविधि अधिकृत प्रकाश कठायतले जानकारी दिए । असार महिना किसानका लागि ‘मानो छरेर मुरी उब्जाउने’ समय भनेर चिनिन्छ। नेपालको मुख्य खाद्यान्न बाली धान हो। यसको रोपाईं पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ।उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन्।
उक्त धान दिवसमा पचालझरना गाउँपालिकाका कृषि विकास शाखा लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको कठायतले बताए । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ।
तस्विर प्रकाश कठायत