गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए

काठमाडौं,  गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझ ५३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङ्जाका १०, तनहुँका १० तथा बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्य

स्तै पर्वतका १३ र गोरखाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। nयो सहित गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ९४९ पुगेको छ।त्यहाँ हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २१४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।