कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने
प्रकासित मिति : २०७७ असार १४, आईतवार ०९:५४
प्रकासित समय : ०९:५४
काठमाडौं, विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने विषयमा देखिएको विवादमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।
कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो ।

