कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार
काठमाडौं, नेपाली काग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली काँग्रसेको आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली काग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेपाली काग्रेसका नेता रमेश लेखकले बताए । उनले भने,‘ १४ औं महाविधेशन जुन फागुनका लागि तोकिएको त्यसको कार्यतालिका परिमार्जन गरेर जाने भन्ने विषयमा आज छलफल भयो ।’
कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकर लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए ।
उनले भने, ‘क्रियाशिल सदस्यता वितरण, स्थानीय तहका अधिवेशन कोरोनाका कारण प्रभावित बनेको छ । आगामी फागुनमै महाविधेशन गर्नेगरी आन्तरिक कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएर मंगलबारका लागि केन्द्रिय समिति बैठक बोलाउने निर्णय भएको छ ।’ कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अघि नै तोकिसकेको छ ।

