अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना
नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक)
जन्म : २०३६ साल
ठेगाना : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके
सपना : देश बदल्ने, समाज बदल्ने
समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा पुर्णकालिन भए उनि अर्थात संसारसेन पृथक । समाजमा रहेको बिभेद, अन्याय, अत्याचारले उनको बाल मस्तिष्कमा पनि अमिट छाप पर्यो । मध्यम किसान परिबारमा जन्मिएका उनले मध्यामिक तहको पढाइ पुरा गरे ।
२०५२ साल फागुन १ गते सुरू भएको जनयुद्भले जाजरकोट प्रभावित क्षेत्र थियाे । संसारले बिभेदकारी समाजको लागि लडने उपयुक्त स्थान जनयुद्भ भएको ठहर गरे । २०५६ सालमा बिर बहादुर नेपाली संसारसेन पृथकमा रुपान्तरण भए । २०३६ सालमा पिता नन्ने कामी माता धनसर कामीको कोखबाट जन्म लिएका पृथक ५ सन्तानका जेठा छोरा उनि सबै हिसाबले पुर्णकालिन भए । सानै बिद्रोही स्वभावका संसार समाजमा केहि गरेर देखाउन चाहान्थे ।
देश र दुनिया बदल्ने अभियानमा अहोरात्र खटेका संसारसेन निरन्तर क्रान्तिको अग्रभागमा रहेर लडे । बैचारीक हिसाबले तिक्ष्ण संसारले जनयुद्धमा क्षामता देखाए । छिटै उनको पदोन्ती भयो जिल्ला सदस्य हुदै जनमुक्ति सेनाको बटालियन कमाण्डर बने । युद्धमा थुप्रै मोर्चाहरुमा लडेका पृथक समयको गतिसंगैे बदलिए । बिस्तारै देशको मुहारले कोल्टो फेर्यो, तत्कालिन सरकार र बिद्रोही माओबादी बिच शान्ति सम्झौता भयो । शान्ति सम्झौतासंगै उनको जिवनले पनि बाटो मोड्यो ।
जनमुक्ती सेना आस्थायी क्यान्टोनमेन्टमा बस्यो क्यान्टोनमेन्टबाट स्वइच्छिक अबकास रोजेका उनि राजनितिमा निरन्तर खटे । समयले उनको राजनितिको मुल्याकंन गरेन । उनलाई परिबार छोरा छोरी पाल्न हम्मेहम्मे भयो । त्यसपछि बैदेशिक यात्रामा मलेशिया हान्निए । बिदेशमा रहेपनि समाज रुपान्तरण र देशको चिन्ता गर्ने उनि समाजिक सञ्जालमा निकै सक्रिय थिए। बिभिन्न लेख रचना मार्फत उनि क्रियाशिल बने ।
प्रगतिशिल लेखक, सामाजिक अभियान्ता तथा कुसेन्युज डटकमका नियमित स्तम्भकार संसारसेन पृथकको बैदेशिक रोजगारीका शिलशिलामा मलेशियाको क्वालालाम्पुरको केलाङ्गमा गत जेष्ठ १३, गते संसार संसारबाट सदाको लागि बिदा भए । उनको समाज बदल्ने जिवन बदल्ने अभियानमा पुर्णबिराम लाग्यो ।
करिब एक महिनाको अन्तरालमा मलेशयामा निधन भएका बिर बहादुर नेपाली संसारसेनलाइ शनिबार अषाढ १३ गते बाँकेको अगैया राप्ती नदीमा अन्तिम दाहसंस्कार गरियो ।