दाङमा कोरोना संक्रमितको शव चार दिन पछि ब्यबस्थापन

दाङ, दाङमा मृत्यु पश्चात कोरोना पोजेटिभ देखिएको शबको चार दिन पछि आज शनिबार ब्यबस्थापन गरिएको छ । बेबारिसे अबस्थामा फेला परेकी एक बिरामी महिलाको गएको बुधबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी ति महिलाको शब नेपाली सेनाले शबको ब्यबस्थापन गरेको हो ।

घोराहीको ट्राफिक चोकमा रहेको चौतारीमा भेटिएकी ती महिलाको प्रतिष्ठानमा उपचारका क्रममा बुधबार निधन भएको थियो । उनको शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । घोराही उपमहानगरपालिकाको सहकार्यमा उक्त शव ब्यबस्थापन गरिएको हो ।