जातीय विभेद अन्त्यका लागि, दलित तथा गैह्रदलित संंजाल घोषणा
दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित बिच सहकार्य आवस्यक रहेको बताईएको छ । जातीय विभेद् एवं छुवाछुत अन्त्यका लागि नेपालमै पहिलोपटक दलित तथा गैह्रदलित राष्ट्रिय संजाल संरचना घोषणा कार्यक्रमका वक्ताहरुले जोड दिएका हुन् ।
नेपाल दलित राष्ट्रिसमाज कल्याण संघका राष्ट्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माको सभाअध्यक्षतामा सम्पन्न जातीय विभेद् एवं छुवाछुत अन्त्यका लागि नेपालमै पहिलोपटक दलित तथा गैह्रदलित राष्ट्रिय संजाल संरचना घोषणा कार्यक्रममा बोल्दै विश्वकर्माले दलितहरुको पहुँच राज्यका अंगहरु व्यवस्थापिका, कार्यपालिका एवं न्यायपालिका नभए सम्म दलितहरुले न्याय जपाउनेमा जोड दिए ।
“जब सम्म दलितहरुको पहुँच राज्यका अंगहरु व्यवस्थापिका, कार्यपालिका एवं न्यायपालिका सम्म पुग्दैन, तब सम्म दलितहरुका समस्याहरु समाधान हुँदैनन्” । सदियौ देखि ब्राह्मणबाद अहंकारवादको पैतलामा दलिएका दलितहरुको मुक्तिका लागि दलित समुदायसंग सामिप्यता राख्ने अन्य समुदायहरुको सार्थक पहल जरुरी रहेको कुरामा जोड दिंदै विश्वकर्माले जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि गैरदलित समुदाय अगाडि सर्नु सुखद् रहेको बताए ।
“नेपालको जातीय आन्दोलनको ईतिहाँसमा पहिलो पटक गैह्र दलितहरु दलितहरुका समस्याहरु समाधानका लागि दलितसमुदाय संग काँध मिलाउन आउनु स्वागत योग्य छ”। दलित भित्रै पनि समस्या रहेको स्विकार्दै विश्वकर्माले अब दलित तथा गैह्रदलित विचको घनिभूत सहकार्यले समस्याको पहिचानगरी समस्या समाधन हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै संजाल घोषणा सभामा वैदिक हिन्दू धर्म परिषद्का केन्द्रिय अध्यक्ष दधिराम शर्मा भण्डारी, परीयार सेवा समाजका केन्द्रिय सदस्य केशव परीयार, कपडा तथा सिलाई व्यवसायी संघका अध्यष चुर्ण सेपाईली, डिमेकका अध्यक्ष निर्मला गुप्ता वादी, दलित सेवा संघका कार्यक्रम संयोजक छवि परियार, दलित नेता ध्रुव सेर्पाईली लगायत थिए ।
भेलाल बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायको अध्यक्षतामा ९७ सदस्यीय जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय संजाल घोषणा गरीएको छ । संजालको सहअध्यक्षमा दलित महिला अधिकारकर्मी निर्मला गुप्ता वादी चयन भएकी छिन् ।
देशका ७७ वटै जिल्लाहरुबाट एक जना केन्द्रिय समितिमा प्रतिनिधित्व हुनेगरी संजालको संरचना कायम गरीएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशव परीयार, प्रदेश नं ५ उपाध्यक्षमा ईश्वर प्रसाद् पौडेल, प्रदेश नं २ को उपाध्यक्षमा मनोज राम हुनुहुन्छ भने बाँकी प्रदेश उपाध्यक्षहरु प्छि चयन गरीने बताईएको छ । संजालको महिला उपाध्यक्षमा संजिला विश्वकर्मा चयन भएका छन् । संजालको महासचिवमा शरद् समीप, उप महासचिवमा छवि परीयार, कोषाध्यक्षमा ध्रुव सेर्पाईली, सह कोषाध्यक्षमा रञ्जिता नेपाली बादी चयन भएका छन् ।
संजालको बृहत्तालाई ध्यानमा राख्दै ७ जना सचिवको व्यवस्था गरीएको छ । सचिवहरुमा पुष्प राज जिएम, सन्तोष सेवा (परियार), बिकास बस्याल, रामू कूमाल, बिन्दु घिमिरे, चन्दन भण्डारी र केशव राज भुषाल चयन गरीएको छ । यस्तै संजालको केन्द्रिय सदस्यहरुको नाम अर्कौ बैठकबाट टुङ्गो लगाईने भएको छ ।
संजालको बैठकले बिधान मस्यौदाका लागि अध्यक्ष बिष्णुकुमार देवकोटा, महासचिव शरद समिप र कोषाध्यक्ष ध्रुव शेर्पाईली सम्मिलित तीन सदस्यीय बिद्यान मस्यौदा समिति समेत गठन गरेको छ ।