दाङमा थप ३१ जनामा काेराेना संक्रमण पुष्टि, कुन पालिकाका कति छन् ?
दाङ, दाङमा शनिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिकाका २८ जना, बंगलाचुली गाउँपालिकाका २ जना र बबई का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ४ जना महिला र २७ जना पुरुष रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा जानाइएको छ ।
शनिबार संक्रमण पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा मात्र १६ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये १४ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका छन् । त्यस्तै वडा नम्बर २ का ३ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको छ । वडा नम्बर ४ का ३ जना पुरुष, ९ का ३ जना पुरुष, १४ र १७ का एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर ५ र ६ का एक/एक जना पुरुष र बबई गाउँपालिका वडा नम्बर ३ का १ जना पुरुषमा कोरोना देखिएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ । यि मध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु भएको एक जना पुरुष र एकजना महिला हुन् ।
प्रतिष्ठान मै गरिएको परिक्षणमा रोल्पा रुन्टिगढी गाउँपालिका वडा नम्बर २ का एक जना महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै कपिलवस्तुका ७ जनामा पनि कोरोना देखिएको छ । उनीहरु मध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।
कोरोना पुष्टि हुने ७ जना मध्ये विजयनगर गाउँपालिका वडा नम्बर २ का ४ जना, वडा नम्बर ४,५,६ का एक एक जना रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।