दाङ प्रतिष्ठानका तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ असार १३, शनिबार १५:४२
प्रकासित समय : १५:४२
दाङ, दाङमा थप तीन जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना डक्टर सहित दुई जना अहेवमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै प्रतिष्ठानमा ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रवारसम्म जिल्लामा कोरोना पुष्टि हुने स्वास्थ्यकर्मीहरुको संख्या १५ जना पुगेको छ ।
यसअघि घोराही उपमहानगरपालिकामा ५ जना, गढवा गाउँपालिकामा २ जना र राजपुर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

