सुदूरपश्चिममा एकै दिन ९८ जनाले जिते कोरोना

कैलाली, सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको हो । डोटी जिल्ला अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरिएको छ । शुक्रवार ९८ जनालाई डिस्चार्ज गरिएसँगै अस्पतालबाट डिस्चार्ज हुने संक्रतिमको संख्या ३४२ पुगेको छ ।

डोटीका ८७, डडेल्धुराका ८४, कैलालीका ६४, अछाम, दार्चुला र कञ्चनपुरका १२–१२, बैतडीका ६, बझाङ र बाजुराका दुई–दुई जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।