भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो
प्रकासित मिति : २०७७ असार १३, शनिबार ०७:१२
प्रकासित समय : ०७:१२
एजेन्सी, भारतमा कोरोना भाइरसबाट शुक्रबार भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् । यो संख्या एकैदिन अहिलेसम्मकै धेरै रहेको आँकडाले देखाउँछ ।
वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप ३ सय ८१ जनाको मृत्यु भएको छ । भारत कोरोनाबाट दक्षिण एसियामा पहिलो र विश्वमा चौथो धेरै प्रभावित देश हो ।
भारतमा कोरोनाबाट हालसम्म ५ लाख ९ हजार संक्रमित भएका छन् भने १५ हजार ६ सय ८९ जनाको मृत्यु भैसकेको छ । २ लाख ९५ हजार उपचारपछि निको भएका छन् ।