बैतडी क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु

बैतडी,  बैतडीको एक क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ’ उनले भने, ‘घटनाबारे हामी अनुसन्धानमा छौं ।’

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘रिर्पाेट आएपछि शवको व्यवस्थापन हुन्छ ।’