गुल्मीमा थप २१ जनामा कोरोना पुष्टि

गुल्मी , शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७८ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ९ जना, रेसुंगा नगरपालिकाका १ जना, छत्रकोट गाउँपालिकाका ८ जना, र ठेगाना नखुलेका ३ जना रहेको आचार्यले जानकारी दिए।

संक्रमण देखिएका सबै भारतबाट आएका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। ठेगाना नखुलेकाहरुको पहिचान गर्ने कार्य जारी रहेको आचार्यले जानकारी दिए। जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ।