गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८३८
प्रकासित मिति : २०७७ असार १३, शनिबार ०८:१२
प्रकासित समय : ०८:१२
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३ जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
बाग्लुङका ८, स्याङ्जाका २२ र पूर्वी नवलपरासीका २ जनामा संक्रमण देखिएको डा. विनोद विन्दु शर्माले बताए ।
संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले बताए । यसमध्ये हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित भने आईसोलेसनमा बसिसकेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।