आज थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो
प्रकासित मिति : २०७७ असार १३, शनिबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ ।