कृषि विकास निर्देशनालय कर्णाली प्रदेशद्वारा योजनाहरुको अनुगमन

सुर्खेत,  कृषि विकास निर्देशनालय कर्णाली प्रदेशबाट चालु आर्थिक बर्षमा सञ्चालन गरेका योजनाहरुको अनुगमन गरेको छ ।  सुर्खेतका विभिन्न स्थानीय तहमा सञ्चालन भएका योजनाहरुको अनुगनमन गरेको हो । जसअन्तर्गत शुक्रबार सुर्खेतको लेकबेसी, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकमा भएका कृषि तथा लक्षित वर्ग कार्यक्रमहरुको अनुगमन गरिएको छ ।

अनुगमन टोलिले लेकबेसी नगरपालिका ३/४ को लक्षित वर्ग अर्गानिक कृषि पवद्र्धन कार्यक्रम र अर्गानिक कृषि पवद्र्धन कार्यक्रम, गुर्भाकोट नगरपालिका –१३ सेराघारीमा वेतेनी खोला सेराघारी सिंचाई कुलो र लक्षित वर्ग कार्यक्रमको तथा भेरी गंगा नगरपालिका –१० मा स्थापना भईरहेको कोल्ड स्टोरको अनुगमन गरेको छ ।

लेकबेसि ३ मा रहेको लक्षित वर्ग अर्गानिक कृषि पवद्र्धन कार्यक्रमकी प्राविधिक सृजना खडकाका अनुसार ४० लाख बजेटमा प्रतिव्यक्ति २ ओटा बोका ५५ घरधुरीमा ५० प्रतिशत अनुदान रकममा १ घरधुरीमा दुईटा पाठी बाख्रा वितरण गरिएको छ ।

त्यस्तै बाख्रालाई घाँस उत्पादन गर्न किमु लगायत वितरण र प्याज र करेला खेती उत्पादनको कामहरु भएको खडकाले जानकरी दिइन ।  साथै १ केजि प्याजको बिउबाट २ क्विन्टल प्याज उत्पादन गर्न सफल भएको र करेला अहिले पनि उत्पादन भईरहेको खडकाले बताइन  ।
पहिला देखिनै केही बाख्रा पालन गर्दै आएका कृर्षकहरुलाई उक्त कार्यक्रमले थप सहयोग पुगेको कृषकहरुले बताएका छन्।

त्यस्तै वडा नम्बर ४ मा सांसद अमृता शाहीको सांसद विकास कोषको लक्षित वर्ग कार्यक्रम अन्तर्गत अर्गानिक कृषि पवद्र्धन कार्यक्रम अन्तर्गत ४२ घरधुरीलाई ५० प्रतिशत अनुदानमा बोयर बाख्रा वितरण गरिएको प्राविधिक चन्द्रबहादुर रुचालले जानकारी दिए  । कृषि अर्गानिक कार्यक्रम भएपनि त्यहाँ जंगल भएका कारण उत्पादित कृषि वस्तुलाई जंगली जनावरले सखाप पार्ने देखिएपछि बाख्रा वितरण गरिएको हो ।

गत मंसिर महिना देखि सञ्चालन भएको कार्यक्रमका लागि २१ लाख ४२ हजार खर्च भएको प्राविधिक रुचालको भनाई छ ।
त्यस्तै १०० प्रतिशतको बोयर बोका अष्ट्रेलियाबाट ल्याउनका लागि ४ लाख रकम विनियोजन गरिएपनि कोरोना महामारीका कारण ल्याउन सम्भव नभएपछि चितवनबाट २ ओटा बोका ल्याईएको उनले बताए । अनुगमन गर्दा सोचभन्दा पनि निकै उत्साहजनक काम भएको सांसद अमृता शाहीले बताइन् ।

साथै केही मात्रामा भएपनि तरकारी उत्पादन गर्नुपर्छ भनेर ४२ हजारको खडेरीका तरकारी बिउहरु खरिद गरिएको छ ।  यस्तै बाख्रापाठाको रोगव्याधिका लागि ६० हजार छुटईएको र औषधिहरु खरिद गरिसकिएको छ । हाल सम्म खोरहरु निर्माण लगाएतका कामहरु सम्पन्न भएका रुचानलले जानकारी दिए ।

गुर्भाकोट नगरपालिका –१३ सेराघारीमा वेतेनी खोला सेराघारी सिंचाई कुलो सिँचाई आयोजनाको ४ सय २५ मिटर बराबरको काम सम्पन्न भईसकेको बाँकी २ सय ७५ मिटर काम हुन बाँकी रहेको आयोजनाले बताएको छ ।  सोही क्षेत्रमा सांसद ठम्मरबहादुर विष्टको सांसद विकास कोषको रकमबाट दलित तथा अति विपन्न कार्यक्रमको पनि काम राम्रो देखिएको छ । सो कार्यक्रमबाट घरधुरी लाभान्वित भएको कार्यक्रमका प्राविधिक निमल घर्तीमगरले बताए  ।

त्यस्तै भेरी गंगा नगरपालिका–१० छिन्चुमा ०७६ बाट स्थापना शुरु भएको नारी जागरण कोल्ड स्टोरको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम यही महिनामा सम्पन्न गरेर उदटन गरिने नारी कोल्ड स्टोरका अध्यक्ष ज्ञानु भुषाले जानकारी दिए  ।

कृषि विकास निर्देशनालयका निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले व्यक्ति विषेश भन्दा पनि सबथोरै रकम भएपनि समर्ग कृषकहरुको घरधुरीलाई लाभान्वित भएको बताए  । उनले अहिले निकै उत्साहजनक काम भएको र आगामी दिनमा पशुको पशु तर्फ र कृषिको कृषि तर्फ कार्यक्रम मन्त्रालय देखिने छुटाउँदा थप प्रभावकारी बन्ने दाबी गरे ।