दाङको राप्ती गाउँपालिकामामा क्रियाशिल पत्रकारहरूको भेला, भेलाले गर्यो यस्तो निर्णय
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाका विभिन्न वडा टोलहरूमा बसोबास गर्ने क्रियाशील पत्रकारहरूको भेला शुक्रबार भालुवाङमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का सभासद महेशचन्द्र रिजाल सहित १७ जना पत्रकारहरूको उपस्थितिमा कोरोना महामारीका कारण लकडाउनको समयमा सामाजिक दुरी कायम गरी राप्ती उद्योग वाणिज्य संघ भालुवाङको बैठक हलमा सम्पन्न छलफलले निम्न निश्कर्ष निकालेको छ ।
छलफलले निकट भविष्यमा राप्ती गाउँपालिका भित्र रहि विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको भेला बोलाउने र नेपाल पत्रकार महासंघ दाङ शाखाको अनुमति लिई मिडिया ग्रुपको स्थापना गर्ने, राप्ती गाउँपालिका एउटा जिम्मेवार स्थानीय सरकार भएता पनि उसको भुमिका जनउत्तरदायी नभएको निश्कर्ष निकाल्दै जनउत्तरदायी बनाउन संगठित रूपमा खवरदारी गर्ने र समाजमा हुने विकृति विसंगति,भ्रष्टचार,अनिमियता जस्ता गतिविधिको भन्डाफोर गर्दै समाचार सम्प्रेसण गर्ने तथा पत्रकारहरूको एउटा स्थायी कोष स्थापना गर्न नेपाल पत्रकार महासंघ दाङ शाखा सँग अनुमति लिने र कोरोना महामारी, वर्षायाम सँगै प्राकृतिक रूपमा हुने विवदामा जनताको पक्षमा समाचार सम्प्रेषण गर्ने रहेका छन् ।

छलफलमा देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक सम्पादक तथा कुसेन्युज डटकमका सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, एवीसी सञ्चार अनलाइनका विदुर एमसी, मगरखाम पत्रकार इराधा झाक्री, राप्ती पोष्ट राष्ट्रिय दैनिकका जमिर शाहा, राप्ती अनलाइनका भिसुन शाही, फोटो पत्रकारहरू लोकमणी भुसाल, विमल राना, रितु राना, सन्तोष थापा, साइवरजोन नेपालका अखिल खनाल लगायतको सहभागीता रहेको थियोे ।