बाटो निर्माण बिवाद : वडा अध्यक्ष सुवेदीले धम्की दिने गरेको शान्तिको आरोप
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको निजी जग्गामा बाटो बनाउन खोज्दा विवाद सिर्जना भएको छ । २०४२ सालदेखि बसोबास गर्दै आएका वडा नं. १२ का शान्ति शर्माको नाममा रहेको जग्गामा व्यक्तिगत नाममा बाटो निर्माण गर्न खोज्दा विवाद सिर्जना भएको हो ।
२०६० सालमा नगरपालिकाबाट नाप नक्सा गरि घर निर्माण गरेपनि वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले व्यक्तिगत स्वार्थका लागि बाटो निर्माण गर्न खोजिएको भन्दै बारम्बार विवाद हुँदै आएको छ । सार्वजनिक बाटो निर्माण गर्ने भन्दै वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बारम्बार सडक निर्माण, चर्पी निर्माण, बाउण्ड्री लगायतमा बाधा पु¥याउँदै आएको शान्तिले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराइन ।
पावरको भरमा बारम्बार दुख दिदै आएको समेत शान्तिले गुनासो गरिन । मेरो नाममा रहेको जग्गामा आफुखुसी रुख काट्न लगाउनु, चर्पीको ट्याङकी भड्काउनु, निजी जग्गा हुँदै मनोमानी तरिकाले पक्की सडक निर्माण गर्नु कदापी सहन नसकिने उनकाे धारणा छ । व्यक्तिगत स्वार्थका लागि वडा अध्यक्ष सुवेदीले बारम्बार दुख दिने गरेको शान्तिकाे आरोप छ ।
एक जनाको लागि मेरो व्यक्तिगत जग्गा कसरी सडक प्रायोजनको लागि दिने उलले भनिन् । सार्वजनिक जग्गा भैदिएको भए खुसी खुसी जग्गा दिन तयार हुन्थे । वडा अध्यक्ष सुवेदीले जसरी पनि बाटो बनाएर देखाउने भन्दै धम्काउने गरेको र गाली गलौज पनि बारम्बार गर्ने गरेको पिडित शान्तिले बताइन । बर्षौ पुरानो लगाएका ३ वटा सिसौको रुख, २ वटा बयरको रुख र १ वटा बेलौतीको रुख काटी जवरजस्ती लगेको हुनाले अदालतमा निषेधाज्ञा मुद्दा दर्ता समेत दर्ता गरेको उनले बताइन । वडा नं. १२ मा मेरो राज चल्छ, मैले चाहे भने जे पनि हुन्छ भन्दै वडा अध्यक्ष सुवेदीले धम्काउने गरेको बताइन ।
अदालतले पनि शान्ति शर्माको अनुमति विना बाटो निर्माण नगर्न आदेश दिएपनि आदेशको पालना नगरि जग्गा हकभोग स्वामित्वको जग्गा एकतर्फि रुपमा च्यापी ठुलो नोक्सानी पु¥याइ अन्याय गरेको शान्तिले पत्रकार सम्मेलन गरि जानकारी दिइन । वडा अध्यक्ष सुवेदीले बारम्बार शारिरिक र मानसिक यातना दिदै आएको हुनाले कतिन्जेल सहेर बस्नु भन्दै पत्रकार सम्मेलन गरेको उनकाे भनाइ छ ।
शान्तिको घर दक्षिण तर्फ रहेको र बामदेव गौतम भन्नेको घर खाली जग्गा प्रति जग्गा प्लटिङ गरि बढि मुल्य असुल उपर गरि बाँडीचुडी खाने आर्थिक प्रलोभनमा अन्यायी बामदेव गौतमलाई प्रत्यक्ष फाइदा र शान्तिलाई पुर्णरुपमा नोक्सानी गर्ने उद्देश्यका साथ वडा अध्यक्ष सुवेदीले लागि परेको शान्तिले बताइन । अदालतमा मुद्दा हालेको ३ बर्ष पुग्यो तर पनि अदालतको अवज्ञा गर्दै बारम्बार धम्काउने र सताउने गरेको शान्तिले भिनन् ।
यस्तो भन्छन वडा अध्यक्ष
वडा अध्यक्ष बुद्धिसागर सुवेदीले वडा नं. १२ मा रहेको शान्ति शर्माको घर अगाडी बाटोको विषयमा गुनासो गर्ने ठाउँ नै सकिएको बताएका छन । शान्तिले अहिलेसम्म ७ वटा मुद्दा हालीसकेको जानकारी गराउँदै वडा अध्यक्ष सुवेदीले भने शान्तिको लालपुर्जामा भएको जग्गा पुरा रहेको बताए । नगरपालिकाको मापदण्ड अनुसार बाटो निर्माण गर्न लाग्दा पनि शान्तिले अवरोध गरिरहेको उनले बताए ।
शान्तिको जग्गा नमिचिएको वडा अध्यक्ष सुवेदीले दावी गरे । बाटोको हकमा आपत्ति नलिए हुन्छ बाटो निर्माणमा शान्तिले नै बाधा गर्दै आएको वडा अध्यक्ष सुवेदीले जानकारी गराए । वडा अध्यक्ष सुवेदीका अनुसार अदालतले निर्देशन गरेको कुरालाई सम्मानका साथ पालना गरेको जानकारी गराए । सार्वजनिक बाटोमा भएको सिसौको रुख पनि शान्ति आफैले लगेको सुवेदीले भने । यही विषयलाई लिएर बारम्बार प्रहरी कहाँ छलफल चल्दै आएको वडा अध्यक्ष सुवेदीले भने ।