विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित
प्रकासित मिति : २०७७ असार १२, शुक्रबार ०७:४७
प्रकासित समय : ०७:४७
एजेन्सी, विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार संक्रमित संख्या पुगेको छ ।
विश्वभर संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या २५ लाख कटेको छ । त्यहाँ एक लाख २६ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । अमेरिकामा २ करोडभन्दा बढीलाई संक्रमण हुने अनुमान गरिएको छ ।
दक्षिण अमेरिकामा कोरोना संक्रमण भयावह बनेको छ । ब्राजिलमा संक्रमित संख्या १२ लाख नाघेको छ । त्यहाँ ५५ हजारको मृत्यु भइसकेको छ ।
रुसमा ६ लाख संक्रमित संख्या पुग्दा ८६ सयको मृत्यु भएको छ । भारतमा कुल संक्रमित ४ लाख ९१ हजारमध्ये १५ हजारको मृत्यु भइसकेको छ ।