नेपालको जनसंख्या तीन करोड नाघ्यो, १२ औं राष्ट्रिय जनगणना हुँदै
प्रकासित मिति : २०७७ असार १२, शुक्रबार १५:४२
प्रकासित समय : १५:४२
काठमाडौं, नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।
तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ गर्ने सरकारको तयारी छ ।
यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।
२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।