नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

काठमाडौ,  सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११ बजेदेखि बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको छ । तर प्रधानमन्त्री ओली बैठकमा अनुस्थित रहेको स्रोतले बताएको छ ।

उनी बैठकमा अनुपस्थित हुनुकाे कारण भने बताइएकाे छैन । लामो रस्साकस्सीबीच बसेको नेकपा स्थायी कमिटी बैठकमा विभिन्न ७ वटा एजेन्डामा छलफल भइरहेको छ । नेकपा स्थायी कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र संगठनात्मक एकताका बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा, एमसीसीसहित ७ वटा एजेन्डामा छलफल भइरहेको छ ।

यस्तै बैठकका विविध एजेन्डामा रूकुम चौरजहारी घटना, नागरिकता विधेयक, संघ र प्रदेशसभाका सदस्यहरूको बैठक भत्ता कटौतीलगायतका विषयमा समेत छलफल हुनेछ । यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए ।