नेकपा स्थायी कमिटीको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

काठमाडौं, गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा एमसीसी लगायत सात वटा एजेन्डामा छलफल हुने बताइएको छ।

पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसीसी) तथा अन्य विविध विषयमा छलफल हुनेछ।

यसअघि गत बुधबार सुरु भएको बैठकमा अध्यक्षद्वयले आआफ्नो धारणा राखेका थिए। उक्त बैठकले बैठकका लागि विभिन्न सात वटा एजेन्डा तय गरेको थियो।