गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९२
प्रकासित मिति : २०७७ असार १२, शुक्रबार ०७:०२
प्रकासित समय : ०७:०२
पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
तनहुँका २, स्याङ्जाका १, बाग्लुङका १ र पूर्वी नवलपरासीका २१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।