काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चल्यो

काभ्रे,  काभ्रेमा  प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चलेकाे छ ।  हतियारधारी समुहले वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हाे  । रोशी गाउँपालिका–५, सिपालीमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच जम्काभेट भएको थियो ।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँ पुगेको प्रहरीको  भएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् ।

प्रहरी टोलीले बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको सूचना दिए पनि विस्तृत जानकारी आइनसकेको उनले बताएका छन् । यता काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले भने, ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’ गएको मध्यराति भएको घटनामा संलग्न केहीको पहिचान भइसकेको उनी बताउँछन् । उनीहरुको खोजी थालिएको पौडेलले बताए ।