नागरिकता संशोधन विद्येयक विरुद्ध जनमत पार्टी बाँकेले बुझायो ज्ञापनपत्र

नेपालगन्ज, बाँके नागरिकता संशोधन बिधेयक २०७७ बिरुद्ध आन्दोलनमा उत्रिएको जनमत पार्टी बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बझाएको छ । दवावमुलक कार्यक्रमलाई जारी राखेको जनमत पार्टी बाँकेले बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको हो ।

जनमत पार्टीका नेता इरफान अहमद शेषको अध्यक्षतामा रहेको कार्यक्रममा जनमत पार्टीका नेताद्वय मोहम्मद हुशेन शाह, राजितराम बर्मा, अब्दुल वाहिद शेष, जाबिर हल्वाइ,रियाज अंसारी, अल्ताफ राई, प्रदिप गडाडिया, शिव शंकर भाँट, आरिफ खान, मुजफ्फर शेष, नाजमा बागवान, सफिक जसगड, हसिब जसगड, लगायतको नेताहरुको सहभागिता रहेको थियो।

साथै जनमत पार्टी बाँकेले र्‍यालीको आयोजना समेत गरेको थियो । पार्टी कार्यालयबाट सुरु भएको र्‍याली नगरका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई ज्ञापनपत्र बझाएको जनमत पार्टी बाँकेका नेता हरपाल सिंहले बताए ।

र्‍यालीमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, नेपाली बुहारीलाई नागरिकता बिहिन गर्न पाइदैन, गायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागि नेता कार्यकर्ता नागरिकता बिधेयक बाहेक लिपुलेक, कालापानी लिम्पियाधुरा हाम्रै हो हाम्रै हो, सगरमाथा हाम्रै हो भन्ने समेतका नारा लगाएका थिए ।

सिंहदरबारमा आइतवार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको थियाे  ।