सल्यान अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल सिल
प्रकासित मिति : २०७७ असार ११, बिहीबार १२:३४
प्रकासित समय : १२:३४
सल्यान , सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ।
भारतलगायत बाह्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई संक्रमण देखिएको सल्यान अस्पतालका डा. अर्जुन बुढाले बताए। असार ५ गते स्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेतमा पठाइएकोमा बुधबार रिर्पोट पोजेटिभ आएको उनको भनाइ छ ।