भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ पुग्यो
प्रकासित मिति : २०७७ असार ११, बिहीबार ०७:३०
प्रकासित समय : ०७:३०
काठमाडौं , भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।
बिहीबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् । संक्रमितमध्य १ लाख ८६ हजार ३९० जना उपचाररत रहेको जनाइएको छ ।
विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।