पाल्पामा एकैदिन थपिए १२१ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ असार ११, बिहीबार ११:५०
प्रकासित समय : ११:५०
पाल्पा– पाल्पामा बिहीबार एकैदिनमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
संक्रमित १ सय २१ जनाको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका साथै प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो ।
योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

