नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ
प्रकासित मिति : २०७७ असार ११, बिहीबार १८:५३
प्रकासित समय : १८:५३
काठमाडौं , सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
५ अक्टोबर १९६१ मा नेपाल र चीनबीचको सीमा सम्झौताअनुसारकै सीमा कायम रहेको मन्त्रालयले जनाएको छ। अस्तित्वमा नरहेको कृषि विकास मन्त्रालयको रिपोर्टमा आधारित सीमा विवादको समाचारमा सत्यता नभएको सरकारको भनाइ छ।
हालसम्म नेपाल–चीनबीच सीमा सम्बन्धी केही समस्या नभएको र भोलिका केही समस्या भए आपसी समझदारीमा समाधान गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।