नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा जिल्ला, सिरुवारी निवासी ५५ वर्षिय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएका ती व्यक्तिलाई निमोनिया भएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उनको असार १० गते राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । यो सँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।