थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२
काठमाडौं, बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।
देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ नाघेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६५० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१२ डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् ।