कोरोना संक्रमित युवतीले ‘आइसोलेसन’ मै जन्माइन् शिशु

बागलुङ,  एक कोरोना संक्रमित युवतीले बागलुङस्थित धौलागिरी अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माएकी छिन् ।

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिए ।

अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाइ छ । ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असार ७ गते अस्पतालमा ल्याइएको थियो ।