कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ असार ११, बिहीबार १६:०६
प्रकासित समय : १६:०६
काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो ।
चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।