काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौँ ,  काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण देखिएको हो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ३४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।