‘आलोपालो सहमति छाडेर गल्ती गरेँ ’ – प्रचण्ड
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा आफुलगल्ती गरेको बताएक छन । बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताए हुन ।
‘हिजो एकताका बेला आलोपालो सहमति भएकै थियो । त्यसबाट पछि हटेर अर्का अध्यक्षले पाँच वर्ष सरकार सञ्चालन गर्ने, मैले आमरूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो । तर, त्यसअनुसार पनि अघि बढ्न सकिएको छैन । एकताको बेलाको सहमतिबाट पछि हटेर गल्ती गरेँकी भन्ने महसुस भएको छ ।’ प्रचण्डको भनाई उद्धृत गर्दै बैठकपछि एक स्थायी कमिटी सदस्यले भने ।
अध्यक्ष प्रचण्डले सरकार र पार्टी यही तरिकाले अघि बढिरहने हो भने खतराको घण्टी बज्न धेरै समय नलाग्ने बताए । ‘यसरी नै चलिरहने हो भने खतराको घडी बज्न सक्छ।