अछाममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ११२

अछाम, अछाममा आज २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चौरपाटी गाँउपालिकामा १३ जना मंगलसेन नगरपालिकाका ६ जना, मेल्लेख गाउँपालिकाका २ जना र पञ्चदेवल बिनायक नगरपालिकाका १ जना गरी २२ जनामा कोरोना संक्रमणको पुष्टी भएको जिल्ला अस्पताल मंगलसेनका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका २९, २२, २८, २ र ६ वर्षका पुरुष, वडा नं.३ सोकट गगुडाका वर्ष २१, ३५, २८ पुरुष र ५० वर्षका महिला, वडा नं.१ सिउडीका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ३०, २८, १९ र २५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

यो संगै अछाममा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।

यस्तै मेल्लेख गाउँपालिका वडा नं.४ कुष्कोटका २५ र २७ वर्षका पुरुष, मंगलसैन नगरपालिकाका वडा नं. ३ का २१ वर्षका पुरुष , १० जुपुका २७ र २० वर्षका पुरुष, वडा नं.११ जुपुका २३, २७ र १९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकाका वडा नं.८ का २८ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।