घाइते पूर्व लडाकुलाई राहत दिएर मनाए रोकायाले आफ्नो जन्मदिन
प्रकासित मिति : २०७७ असार १०, बुधबार १९:३२
प्रकासित समय : १९:३२
कोहलपुर, जाजरकोटका युवा सामाजसेवी बिकास रोकायाले आफनो जन्मदिनको अबसर पारेर बाँकेको कोहलपुरस्थित सुकुम्बासीमा बस्दै आएकी पूर्व माओवादी लडाकु दिक्षा उखेरालाई सहयोग गरेका छन ।
माओवादी जनयुद्धमा घाईते भएकी उखेराको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुधबार उनकै घरमा पुगेर बिकासले जन्मदिनको अबसर पारेर राहत दिएका हुन ।
पूर्व लडाकु उखेरालाई खाना र बस्नको समास्या आएपछि युवा समाजसेवी रोकायले एक बोरा चामल, दुई केजी दाल, एक बोतल तेल र पाँच सय नगद सहयोग गरेका छन् ।