बिशालु च्याउ खाँदा ६ बिरामी, ४ जना वेहोस
प्रकासित मिति : २०७७ असार १०, बुधबार १८:५६
प्रकासित समय : १८:५६
देउखुरी, देउखुरीमा बिषालु च्याउ खादा ६ जना विरामी परेका छन् । राप्ती गाउँ पालिका वडा नं. २ बराहखुटी निवासी २० बर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२ बर्षीय सरस्वती कुमाल, १७ बर्षीया सुस्मिता कुमाल र तीन बर्षीया कृतिका कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
उनीहरुले बुधवार मध्यान्ह १२ बजे घर नजिकै रहेको खेतमा भेटिएको च्याउ खाएपछि विरामी परेका हुन् । उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ । यो समाचार तयार पार्दा सम्म दुई जनाको मात्र होस् आएको र बाँकि बेहोसी अवस्थामै रहेको प्रहरीले बताएको छ ।