कुशे गाउँपालिकाको निति : अध्यक्ष रोजगार कार्यक्रमदेखि गोठदेखि ओठसम्म
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकाले आफनो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार कुशे गाउँपालिकाको आठौ गाउँसभा मार्फत आफ्ना निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट रोजगारी गुमाई गाउँपालिका फर्कि आएका व्यक्तिहरुको अभिलेख तयार गरि उक्त अभिलेख भित्र रहेका लगायत विपन्न वेरोजगारहरुको लागि विकाससँग रोजगार जोडी कार्यक्रम सञ्चालन गर्न अध्यक्ष रोजगार कार्यक्रममा आवश्यक बजेट व्यवस्था गरिने बताएको छ ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले निति तथा कार्यक्रम सार्वजनिक गर्दै दुग्ध पर्दाथ एवं मासुको गुणस्तर र स्वच्छता कार्यक्रम गर्नका लागि गाउँपालिका भित्र दुग्ध डेरी तथा पशु वधशाला स्थापना गरी गोठदेखि ओठ सम्म स्वच्छ दुध र मासु उत्पादन गर्ने कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने जानकारी गराए ।
त्यस्तै अध्यक्ष बस्नेतले “सुनौलो भविष्य, बाल बालिकासंग अध्यक्ष” कार्यक्रम निमार्ण गरि लागु गरिने बताए । किशोरी संरक्षणको लागि “ किशोरी तथा गर्भवती महिला संग उपाध्यक्ष” कार्यक्रमलाई निरन्तरता दिइने निति तथा कार्यक्रम रहेको छ ।
हेर्नुहोस यस्ता छन कार्यक्रमहरु
“सुन्दर, शान्त र समृद्ध ठाँउ, कुशे गाउँपालिकाको शान
विकासका पूर्वाधार निर्माण गर्ने हाम्रो अभियान ।”
कुशे गाउँपालिकाको आठौ गाउँसभाका सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु
पत्रकार साथीहरु, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न कार्यालय तथा संगठनबाट पाल्नु भएका प्रतिनिधिहरु एवं विभिन्न तह र क्षेत्रबाट पाल्नु भएका विद्धत वर्ग,
नेपालको संविधान २०७२ ले प्रत्यक्ष निर्वाचनमा आधारित स्थानीय तहको व्यवस्था गरेको छ । स्थानीय तहमा संविधानद्धारा स्पष्ट रुपमा स्थानीय कार्यपालिका र स्थानीय व्यवस्थापिकाको संरचनाको व्यवस्था गरिएको छ । सम्पूर्ण मुलुकका लागि एकीकृत न्यायप्रणालीको व्यवस्था गरिएता पनि कार्यपालिका र व्यवस्थापिकाका हकमा संविधानमा उल्लेख गरिएका संवैधानिक प्रावधानहरुले स्थानीय तहलाई शक्तिको विभाजनमा उत्तिकै बलिया समकक्षीको रुपमा उभ्याएको छ ।
नेपालको संविधान जारी भई उक्त संविधानले व्यवस्था गरेबमोजिम देशमा ३ तहको सरकार हुने संवैधानिक प्रावधान छ । जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकार बास्तवमै जनताको सुखदुखको सारथी हो । संघीयताको मूल मर्म नै सार्वभौम सत्ता सम्पन्न जनतालाई शासन प्रक्रियामा सम्मिलित बनाई अधिकार सम्पन्न बनाउनु हो । आज हामी कुशे गाउँपालिकामा स्थानीय सरकारको रुपमा कार्य सञ्चालन गरेको पनि तिन वर्ष भई सकेको छ । स्थानीय सरकारमा रही यो कार्यक्रममा चौथो पटक वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै हर्षविभोर भएको छु । देशलाई यस स्थितमा ल्याइपुर्याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पुर्ण महान सहीदहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र स्थापना तथा संघीयता स्थापना गर्न अहम भुमिका खेल्ने सम्पुर्ण ज्ञात अज्ञात व्यक्तिहरुलाई स्मरण गर्न चाहन्छु साथै उहाँहरुको उच्च योगदानको सम्मान गर्न चाहन्छु ।
सभाका सदस्य ज्यूहरु बसिरहेको दिर्घातिर फर्केर हेर्दा आज एक अभावको महसुस गरिरहेको छु । किनकि आज हामी माझ वडा नं ७ का वडा अध्यक्ष एवम सभाका सदस्य राम बहादुर शाही हुनु हुन्न उहाँ प्रति यस सम्मानित सभामा हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवार प्रति गहिरो समवेदना प्रकट गर्न चाहान्छु र उहाँले देखाएको बाटो योगदान र त्यागलाई शिरोपर गरेको छु ।
संघीयता र स्थानीय सरकार मार्फत आफ्नो गाउँ तथा समाजको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो हाम्रो लागि अवसर र चुनौति दुवै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई तल्लो निकायलाई अधिकारसम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ ।
यस कुशे गाउँपालिकाको प्रस्तावित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा नेपालको संविधान, २०७२, को अनुसुचि ८ र ९ मा उल्लिखित स्थानीय तहको एकल तथा साझा अधिकार सूचि, संघिय सरकार र प्रदेश सरकारले अवलम्वन गरेका आर्थिक तथा वित्तिय नीतिहरु, स्थानीय शासन संचालन ऐनका प्रावधानहरु विकासका समसामयिक मुद्धाहरु जस्तै सामाजिक संरक्षण, दिगो विकास, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तिकरण तथा समावेशी विकास, बालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानीय शासन, ऊर्जा संकट लगायतका अन्तर सम्वन्धित विषयहरु स्थानीय तहले देखेका विविध विषयहरु सहभागितामुलक योजना तर्जुमा अनुरुप वस्ती र टोल स्तरकबाट छनौट गरिएका आयोजना र कार्यक्रम , वडा स्तरीय आयोजना र कार्यक्रमहरुको प्राथमिकता र बजेटसँग सम्वन्धित विभिन्न समितिहरुको प्रतिवेदन समेतको आधार मानी गाउँ कार्यपालिकाबाट स्वीकृत गरी सार्वजनिकरणका लागि यो गरिमामय गाउँ सभामा आगामी आ.व. ०७७÷०७८ को नीति तथा कार्यक्रम तयार गरी प्रस्तुत गरेको छु ।
उपस्थित सम्पुर्ण महानुभावहरु,
अव मा यस कुशे गाउँपालिकाको चालु आर्थिक वर्षको मुख्य मुख्य रुपमा छोटकरीमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहान्छु ः
यस गाउँपालिकाको केन्द्र र केन्द्रबाट ९ वटै वडाका कार्यालयहरुमा सडकको पहुँच पुयाउन सवै वडा कार्यालय जोडने सडक निर्माण गरेको छु ।
गाउँपालिका भित्र संचालित विभिन्न तहका विद्यालयहरुमा नेपाल सरकारले हालसम्म विद्यालय संचालन अनुमति दिएको तर शिक्षक दरवन्दी नदिएका विद्यालयहरुमा गाउँपालिकाबाट शिक्षण सिकाई अनुदानको व्यवस्था गरी गुणस्तरीय शिक्षा को सुनिश्चिताको व्यवस्था गरेको छु ।
ऐतिहासिक एवं धार्मिक, साँस्कृतिक महत्वका मठ मन्दीर हरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि ४२ वटा मन्दिर निर्माण गरेको छु ।
गाउँपालिकाको ३ वटा स्थानमा माटो परीक्षण शिविर संचालन गरी ९ बटै वडाको माटो परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । जसले कृषि सम्वन्धी आधुनिक विधी अवलम्बन गरि कृषिलाई वैज्ञानिक बनाउन मद्दत गर्नेछ ।
यस कुशे गाउँपालिकाका मा.वि.र आधारभूत विद्यालयमा गरी जम्मा १८ वटा विद्यालयहरुमा विद्युतिय हाजिरी जडान गरी विद्यालय सुधार कार्यक्रम अगाडी वढाईएको छ र साथै सवै विद्यालय र सरकारी कार्यालयमा समेत विद्युतीय हाजिरी जडान गर्ने नीति अवलम्वन गरेको छु ,
यस गाउँपालिकाका वडा कार्यलयहरुमा सडकको पहुंच पुर्रयाउने नीति अनुरुप नौ वटै वडा कार्यालयमा सडकको पहुंच पुगेको छ जसमा कुल १३२ किलोमिटर सडक निर्माण गरीएको छु ।
यस कुशे गाउँपालिकाका ९ वटै वडाका जनता हरुलाई सरल स्वास्थ्य सूविधा उपलब्ध गराउनको लागी सामुदायिक स्वास्थ्य ईकाई भवन निर्माण कार्य सुरु गरेको छु ,सो कार्यलाई आगामी वर्षमा पनि सुविधा सम्पन्न स्वास्थ्य इकाई बनाउन विशेष व्यवस्था गरेको छु ।
यस गाउँपालिकाका कृषकहरुलाई कृषी सम्वन्धि सूलभ सेवा प्रवाह गरीनेछ , आगामी वर्षमा कृषि कार्यलाई वजारमुखी र व्यवसायिक मुखि वनाउन ब्लक ,जोन,पकेट, कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरीएको छ ।
यस गाउँपालिकामा रहेका स्वास्थ्य सेवा वाट वञ्चित दिर्घ रोगी असहाय ,विपन्न तथा पछाडी परेका व्यतिmहरुका लागी समय समयमा स्वस्थ्य सिविर सञ्चालन गरी रोगको पहिचान गरी उपचारको लागी आर्थिक सहायता दिने व्यवस्था गरेको छु । ,
चालु आ.व.मा जोखिममा परेका विरामी हरुको जिवन रक्षाको लागी त्यस्ता विरामीको आपतकालीन उद्धार गरी जिवन रक्षा गर्ने कार्य गरीएको ,
यस गाउँपालिका अन्र्गतको न्यायिक समितिवाट घरेलु हिंसा संग सम्वन्धित जनचेतनमुलक कार्यक्रम सञ्चालन गरी न्याय सम्वन्धि चेतन मुलक कार्यक्रम अगाडी वढाईएको छ ।
यस गाउँपालिकाका विद्यालयमा भौतिक सुधार गर्न ब्लक र विद्यालय भवन निर्माण तथा मर्मत सुधारको लागी आवश्यक बजेट विनियोजन गरी भौतिक सूधार कार्यक्रमलाई प्रभावकारी वनाईएको छु,
गाउँपालिकाको विद्यार्थीको उच्चशिक्षा माग र आवश्यकतालाई मध्यनजर गरी गाउँपालिकाको साविक उ.मा.वि. पैंकमा मालिका वहुमुखी क्याम्पस संचालन गरिएको छ ।
गाउपालिकाको विभिन्न क्षेत्रमा सुत्केरीहरुलाई हवाई उद्दार गरी ६ जना सुत्केरीको ज्यान बचाउन पहल गरेको छु ।
कानुनी राज्य सञ्चालनको भावना र मर्म वमोजिम स्थानीय सरकार सञ्चालन गर्नको लागी आवश्यक विभिन्न ऐन ,नियम तथा कार्यविधि निर्माण गरीएको छ ,
गाउँपालिका कार्यालय थर्पु भार्मामा कार्यालय तथा कर्मचारीको आवाश संचालनको लागि २३ रोपनी जग्गाको व्यवस्था गरेको छु ।
प्रथम अध्यक्ष छात्रवृति कोष स्थापना गरी १ जनालाई एम.वि.वि.एस. पढाउने व्यवस्था मिलाएको छु ।
अव म यस कुशे गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
मुलभूत नीतिहरु ः
१. न्यूनतम आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने नीति लिएको छु ।
२. गाउँपालिकाको नियमित प्रशासनिक सेवा प्रवाह मुस्कान सहितको सेवा प्रवाह क्mष्भि क्भचखष्अभ नीति अख्तियार गरिनेछ ।
३. सेवाग्राहीहरुको गुनासो तथा उजुरीहरुलाई विषयवस्तुको गाम्भिर्यतालाई हेरी तत्काल समाधान गरिनेछ ।
४. सेवा प्रवाह जनमैत्री बनाउन वडा कार्यालयहरुको व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरेकोछु ।
५. वडा कार्यालयहरुमा न्याय प्रवद्र्धन र मेलमिलापको सहज पहुँच पु¥याउन गठन भएका मेलमिलाप केन्द्रको क्षमता अभिवृद्धि तर्फ जोड दिइनेछ ।
६. आ.व.को अन्त्यमा मात्र काम गर्ने परिपाटीको अन्त्य गरी बाह्रै महिना योजना तथा विविध गतिविधीहरु संचालनमा ल्याइने ब्िि धभबतजभच कभचखष्अभ बलम बअतष्खष्तष्भक नीति अवलम्वन गरिनेछ ।
७. विकासमा सक्रिय साझेदारी एवं सहभागी हुने पालिका स्थित गैरसरकारी संस्था अन्तराष्ट्रिय गैर सरकारी संस्था दातृ निकायबाट हुने विकास निर्माणका कार्यहरुलाई इलभ म्ययच क्थकतझ अन्तर्गत गाउँपालिकाको स्वीकृत लिएर मात्र गर्ने गराउने व्यवस्था मिलाइनेछ ।
८. यस क्षेत्रमा कार्यरत गंैरसरकारी संस्थाहरुलाई प्रभावकारी रुपमा संचालनको लागि ल्न्इ म्भकप स्थापना गरी कार्यान्वयनमा ल्याइनेछ ।
९. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट मित्र राष्ट्र भारत लगायत अन्य क्षेत्रबाट रोजगारी गुमाई गाउँ पालिका फर्कि आएका व्यक्तिहरुको अभिलेख तयार गरि उक्त अभिलेख भित्र रहेका लगायत विपन्न वेरोजगारहरुको लागि विकाससँग रोजगार जोडी कार्यक्रम सञ्चालन गर्न अध्यक्ष रोजगार कार्यक्रममा आवश्यक बजेट व्यवस्था गरिनेछ ।
१०. यस गाउँपालिकामा उत्पादित कृषि तथा पशुजन्य वस्तु, स्लेट ढुंगा, वन पैदावार तथा अन्य वस्तु निर्यातमा कर लगाई करको दायरा बढाइनेछ । कर संकलन गर्न पाँचकाटिया र बाटुल्लेमा कर संकलन केन्द्र स्थापना गरिनेछ ।
११. गाउँपालिका भित्र शान्ति सुरक्षा लगायत कर संकलनमा सहयोग पु¥याउनका लागि गाउँ प्रहरी सेवा स्थापना गर्न उचित वजेट व्यवस्था गरिनेछ ।
१२. कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापन सम्वन्धी निति
क) आर्थिक रुपले अति विपन्न श्रमिक ता मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रममुलक प्रविधिको प्रयोग गरी कार्यान्वयन गरिने आयोजनाहरु छनौटमा प्राथमिकता दिइनेछ ।
ख)संक्रमण जोखिम रहदासम्म अशक्त, असहाय, एवं आर्थिक रुपले विपन्न, गर्भवति महिला, जेष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरुलाई राहतका कार्यक्रम संचालन गर्ने गरी बजेटको व्यवस्था गरेको छु ।
ग) कोभिड १९ मा स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामग्री(मास्क, पन्जा, सेनिटाइजर, पिपिईहरुको अभाव नहुने गरी वजेट व्यवस्था गरिनेछ ।
घ) कोभिड संक्रमणको संभावित जोखिममा रहेका नागरिकहरुलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने आवश्यक बजेट व्यवस्थापन गर्ने र त्यस्तो व्यवस्था गर्दा आवश्यकता अनुुसार छिमेकी स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
ङ) कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामको लागि क्षमता विकास तथा जनचेतनामुलक कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छु ।
च) एम्वुलेन्स खरीद गरी चौविसै घण्टा संचालन हुने गरी तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्था मिलाएको छु ।
छ) बालसंरक्षण विकास र सहभागिताका विविध पक्षहरुमा सम्वधित पक्षहरुमा सरोकारवालासँगको समन्वयमा बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्य थालनी गरिनेछ ।
क्षेत्रगत नीतिहरु ः
क) पूर्वाधार तथा संरचना विकास ः
१. विकासका कार्यहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन नतिजामा आधारीत च्भकगति द्यबकभम द्यगमनभत बनाउने परिपाटी अवलम्वन गरिनेछ ।
२. दिगोरुपमा संचालन हुन नसक्ने तथा प्रतिफल हासिल हुन नसक्ने टुक्रे योजनाहरुलाई निरुत्साहित गरिनेछ ।
३.पूर्वाधार विकास कार्यक्रमलाई एकीकृत र प्रभावकारी रुपमा संचालन गर्न आवधिक योजना निर्माण गरी वार्षिक रुपमा बजेट विनियोजन गरिनेछ ।
४. स्थानीय तहको केन्द्रमा रहेको स्थान देखि प्रत्येक वडा केन्द्र जोड्ने सडकको स्तरोन्नति गरी सर्वयाम यातायात संचालन गर्न सकिने गरी सडक निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम अगाडी बढाइने छ ।
५. गाउँपालिका देखि धारापानी हुँदै नदाई डाव जोडने पर्यटन मार्गको डि.पि.आर. गरी पर्यटन मार्ग निर्माणमा जोड दिइनेछ ।
६. गाउँ क्षेत्र भित्रका अधुरा र क्रमागत योजना पूरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिईने छ ।
७. गाउँपालिकाको स्रोत साधनले सम्भव नहुने योजनाहरुलाई सम्बन्धित निकायमा योजना कार्यान्वयनका लागि सिफारिश गरी पठाईनेछ ।
८. प्रत्येक वडाका सडक, खानेपानी, बिजुली र फोहोर व्यवस्थापन गर्न ठोस योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।
९.पुरानो सडकलाइ क्रमशः सुधार गरि सडक चौडा गर्ने, ढल तथा नालाको व्यवस्था गरिनेछ ।
१०.गाउँको सवै वडाहरुमा ठूला योजनाहरु सडक, खानेपानी, सिंचाई एवं अन्य पूर्वाधार निर्माणको म्एच् तयार गरि व्यवस्थित रुपमा कार्य गरिनेछ ।
११.पूर्वाधारका कार्यक्रम संचालन गर्दा अपाङ्गमैत्री, बालमैत्री,वातावरण मैत्री मापदण्ड बमोजिम गरिनेछ ।
ख) आर्थिक विकास
कृषि विकास पशुपन्छी विकास तथा सहकारी
१. कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन तथा उत्पादक्त्व बृद्धिमा जोड दिइनेछ ।
२. कुशे गाउँपालिका भित्र रहेको बेरोजगार युवाहरुलाई कृषिमा आर्कषित गर्न बजेटको व्यवस्था गरिनेछ । कृषि तथा पशु पालन क्षेत्रको विकासमा कृषक समुह, समिति, सहकारी, गैर सरकारी संस्थाहरुसँग साँझेदारी गर्ने नीति अवलम्बन गरिने छ । व्यवसायिक कृषकहरुलाई कृषिमा अनुदान कार्यक्रम संचालन गरिनेछ । सो अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक कानुन बनाइ कार्यान्वयनमा ल्याइनेछ ।
३. सहकारी सँस्था सम्बन्धी आवश्यक कानून एवं मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ ।
४. व्यवसायिक सामुहिक खेती तथा सहकारी खेतीमा युवाहरुलाई प्रोत्साहन गरिनेछ ।
५. कृषक र गाउँपालिकाको साझेदारीमा बाख्रा तथा भेडापालन संरक्षण कार्यक्रम विस्तार गरिनेछ ।
६. कृषि उपजमा किटनाशक औषधिको प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनमा जोड दिइनेछ ।
७. एक घर एक करेसावारी बाह्रै महिना घर घरमा तरकारी नारा लाई लागु गर्न विशेष कदम चालिने छ ।
८ पशु स्वास्थ्य सेवालाई प्रत्येक कृषकको गोठ सम्म पु¥याउन टेलि मेडिसन सेवा संचालन गरिने छ ।
९. पशुपन्छी सेवालाई प्रभावकारी बनाउन साविकका पशु सेवा केन्द्र घरंगा र टालेगाउँलाई निरन्तरता दिइनेछ ।
१०.दुग्ध पर्दाथ एवं मासुको गुणस्तर र स्वच्छता कार्यक्रम गर्नका लागि गाउँपालिका भित्र दुग्ध डेरी तथा पशु वधशाला स्थापना गरी गोठ देखि ओठ सम्म स्वच्छ दुध र मासु उत्पादन गर्ने कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिनेछ ।
ग) सामाजिक विकास ः
शिक्षा
१. प्रारम्भिक बालविकास केन्द्रलाई शिक्षा विकासको आधारको रुपमा लिने, आधारभूत तहको शिक्षालाई निशुल्क बनाई शिक्षालाई सवैको पहुँच सम्म पु¥याई गुणस्तर कायम गर्ने
२.बालबालिकाको पढन पाउने अधिकारको सुनिश्चिता गरी विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने नीति पूर्णतया कार्यान्वयनमा ल्याइनेछ ।
३. विद्यालयमा पूर्वाधार विकास, उपयुक्त वसाई व्यवस्थापन, खानेपानी, शौचालय, खेलमैदान, करेसावारी, बगैचा ,धुलो रहित कक्षा कोठा तथा उज्यालो विद्यालय कार्यक्रमका लागी स्रोतको वाँडफाँड सदुपयोग र साझेदारी नीति लिइने छ ।
४ शैंक्षिक जनशक्तीको क्षमता विकासका लागी प्रोहत्साहन,शुद्ध परीक्षा ,नयाँ मूल्यांकन प्रणाली ,पोषण, प्रभावकारी शिक्षण,आधुनिक प्रविधिको प्रयोग अध्ययन अनुसन्धान,भ्रमण,तालिम,गोष्ठी तथा प्रबधनात्मक क्षेत्रहरुमा जोड दिने र कार्यक्रम संचालन गरिने ।
५ विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, साक्षरता हासिल गरेका अभिभावकका लागि शिक्षा निरन्तर शिक्षा जस्ता विषयहरु कार्यान्वयनका लागि कार्यक्रम संचालन गरिनेछ ।
६ शिक्षक दरवन्दीको अभावमा पठनपाठनमा समस्या परेका विद्यालयमा शिक्षण अनुदान उपलब्ध गराई पठनपाठनलाई गुणस्तरीय बनाउन पहल गरिनेछ ।
७. गुणस्तरिय अध्ययनका लागि बालबालिका बाहिर पलायन हुने प्रवृत्ति रोक्न द्यष्न क्अजयय िएबिललष्लन कार्यक्रम अगाडी बढाईनेछ ।
८. यस गाउपालिकामा प्रथम अध्यक्ष छात्रवृति कोष स्थापना गरी गा. पा. भित्रका जेहन्दार, गरिब र अति विपन्न बिद्यार्थी लाई मापदण्ड बनाई छात्रवृति वितरण गरिनेछ । साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान संग सम्झौता गरी एक जनालाई एम.वि.वि.एस. अध्ययन गराउने ब्यवस्थालाई निरन्तरता दिइनेछ । साथै इन्जिनियर छात्रवृति कार्यक्रमलाई पनि थप गरिएको छ ।
९. बेरोजगार युवाहरुको लागि स्वनिर्भरता अभिवृद्धिको लागि विशेष कार्यक्रम ल्याइनेछ । युवाहरुलाई जैविक विविधता र वातावरण संरक्षण शिक्षा प्रदान गरी वातावण दुतका रुपमा परिचालन गरिनेछ ।
१०. सामाजिक विसंगति, असुरक्षा, विभेद, निरक्षरता, भेदभाव र हिंसाका विरुद्ध अभियानमा युवा नेतृत्वको प्रवद्र्धन गरिनेछ ।
स्वास्थ्य सम्वन्धी नीति ः
१. गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा सम्पुर्ण नागरीकहरुको पहुँचमा पु¥याउने नीति लिएको छु । यसका लागि हाल स्वास्थ्य संस्था नरहेका वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरी संचालन गरीने छ । त्यसैगरी महिला स्वास्थ्य स्वयं सेविका, गाउँघर क्लिनिक, खोप क्लिनिक, आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार सुदिृढिकरण, औजार उपकरण औषधिको व्यवस्था, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्घि, दक्षस्वास्थ्यकर्मी व्यवस्था, स्वास्थ्यकर्मीहरुलाई पुरस्कार तथा उत्प्रेरणको व्यवस्था, स्वास्थ्यमा सुचनासंचार प्रणालीको व्यवस्था लगाएत विभिन्न स्वास्थ्य कार्यक्रम संचालन गरीनेछ । त्यसैगरी बालबिवाह न्युनिकरण, महामारी रोकथाम, सर्ने नसर्ने रोग सम्वन्धि कार्यक्रम तथा जेष्ठ नागरीकका लागि स्वास्थ्य शिविर संचालन गरीने छ ।
२.पुर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने नीति लिएको छु । यसका लागि हाल स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरहरुको भौतिक पुर्वाधार सुदिृढिकरण,औजार उपकरण औषधिको व्यवस्था, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्घि, दक्षस्वास्थ्यकर्मीको व्यवस्था गरीने छ र निर्माणधिन आधारभुत स्वास्थ्य केन्द्रहरुमा पनि सुरक्षित मातृत्व कार्यक्रम संचालन तथा सुदिृढिकरण गरीने छ ।
३. कुशे गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने नीति लिएको छु यसका लागी खोप सम्वन्धी विभिन्न कार्यक्रम संचालन गरिनेछ साथै गुणस्तरीय खोप सेवा प्रदान गर्नका लागि सोलर व्याकप सहितको कोल्डचेनको व्यवस्था गरिनेछ ।
४. बालबालिका महिला तथा किशोर किशोरीमा हुने कुपोषण घटाउने लक्ष्य लिएको छु यसका लागि बहुक्षेत्रीय पोषण कार्ययोजनाको अवधारणा अनुसार पोषण सम्वन्धी विभिन्न कार्यक्रम संचालनका लागि बजेटको व्यवस्था गरेकोछु ।
५. प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिने व्यवस्था मिलाउने छु ।
६. गा.पा.मा १ आयूर्वेदको स्थापना गर्ने व्यवस्था मिलाएको छु ।
७ गाउँपालिका भित्र स्वास्थ्य ल्याव स्थापना गर्नको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
महिला, बालबालिका जेष्ठ नागरिक तथा अपांगता तर्फ
१)कुशे गाउँपालिकामा बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्दै संरक्षणको आवश्यकता भएका बालबालिकाको कुशे गाउपालिकाले अभिभावकत्व ग्रहण गर्ने छ । त्यसको लागि प्रत्येक वडामा बाल अधिकार समिति गठन, पालिकामा पालिका स्तरिय बाल अधिकार समिति गठन गरिने छ र क्रियाशिल बनाउनको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।
२. प्रत्येक वडा तथा पालिका स्तरमा बाल कोषको स्थापना गरिने छ । पालिका तथा अन्य संघ सस्था बाट जम्मा हुन आएको रकमलाई पालिकाले निमार्ण गरेका निर्देशिका अनुसार जोखिममा रहेका बालबालिकाको लागि सहयोगको लागि खर्च गरिनेछ ।
३. कुशे गाउपालिकालाई बालमैत्री गाउपालिका निमार्ण गर्नको लागि प्रत्येक वडाहरुलाई बालमैत्री वडा निमार्ण गर्दै लगिनेछ र सो को लागि योजना बनाई बजेट विनियोजन गरिने छ
४. बाल विवाह, बालश्रम, बाल बालिका माथि हुने हिंसा, दुव्र्यवहार, शोषण, हेला जस्ता कार्यहरुलाई निरुत्साहित गर्ने कार्यहरु तत्काल अगाडी बढाइनेछ । क्रमश प्रत्येक वडाहरुलाई बाल विवाह तथा बालश्रम मुक्त गरिदै लगिनेछ । सन २०२२.सम्ममा सम्पूर्ण.वडाहरुलाई बाल विवाह मुक्त वडा घोषणा गर्न आवस्यक कार्यक्रम ल्याइनेछ ।
५. बाल सहभागिता बढाउनको लागि प्रत्येक समुदाय तथा विद्यालयहरुमा समावेसी बालक्लब गठन गरिने छ र उनीहरुको क्षमता अभिवृद्धिको कार्यक्रमहरु लागु गरिनेछ । बाल क्लबलाई प्रत्येक वडाहरुमा आवद्धता हुने व्यवस्था गरिनेछ ।बाल क्लबको क्षमता बढाउनको लागि विभिन्न नेतृत्व विकास तथा जीवन उपयोगी तालिम तथा अतिरिक्त क्रियाकलापहरुको निमार्ण गरि लागु गरिने छ ।
६. “सुनौलो भविष्य, बाल बालिका संग अध्यक्ष” कार्यक्रम निमार्ण गरि लागु गरिनेछ ।
७. किशोरी संरक्षणको लागि “ किशोरी तथा गर्भवती महिला संग उपाध्यक्ष” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८. बाल अधिकार संरक्षणको लागि पालिका स्तरमा बाल कल्याण अधिकारीको रुपमा अलग्गै कर्मचारीको व्यवस्थापन गरिने छ । कर्मचारीको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुने व्यवस्था गरिनेछ भने वडाहरुमा पारा सामाजिक कार्यकर्ताको व्यवस्था क्रमसः गर्दै लगिनेछ ।
९. बालहिंसा, बालविवाह न्यूनिकरण तथा बालमैत्रि स्थानिय शासन सम्बन्धि रणनितिक योजनाहरुको निर्माणगरी कार्यन्वयनमा ल्याइनेछ ।
१०. जोखिममा रहेका बालबालिकाहरुको उचित घटना व्यवस्थापन तथा चुस्त दुरुस्त अभिलेखिकरणका लागि आवस्यक कदम चालिनेछ ।
११. गाँउपालिकामा बालबालिकाहरुको प्रोफाईल तयारी गरि प्रकाशन गरिनेछ ।
१२. विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१३. बालमैत्री स्थानीय शासनको अवधारणालाई संस्थागत विकास गर्ने नीति लिईने छ ।
१४. अपांगता भएका व्यक्तिहरुको सम्पर्क हुने सबै भौतिक संरचनालाई अपांगमैत्री बनाउदै लगिनेछ ।
१५. दलित एवं पछाडि परेको वर्गको हक अधिकारको प्रवद्र्धन एवं निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरण, क्षमता विकास सीप विकस एवं चेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ ।
१६. महिला विरुद्धका विभिन्न किसिमका हिसां नियन्त्रण र विभेद अन्त्य गर्ने नीति लिइनेछ । बालविवाह उन्मुलन, महिला हिंसा र महिला अधिकार सम्वन्धी विशेष कार्यक्रम संचालन गरिनेछ ।
१७. लैङ्गिक समानता तथासामाजिक समावेशीकरणमा जोड दिइनेछ ।
१८.महिलाहरुलाई व्यवसायीक तालिम दिई व्यवसाय संचालनतर्फ प्रेरित गराउने नीति लिइनेछ ।
१९ एकल तथा विपन्न महिलाहरुको जीवनस्तर सुधार्नको लागि विभिन्न सीप तथा आयमूलक कार्यक्रमहरु संचालनमा बिशेष जोड दिईनेछ ।
२०.अपाङ्ग लक्षित क्षमता विकास तथा सीप विकास सम्बन्धी कार्यहरु समन्यात्मक रुपमा गरिनेछ ।
२१.पिछडिएको वर्गको उत्थानको लागि सीपमूलक, रोजगारमूलक तथा आयमूलक कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।
२२. गरीवसँग गाउँसरकार कार्यक्रम संचालन गरी अति गरिवीमा रहेका घर परिवारलाई विभिन्न सहुलियतका कार्यक्रमहरु मार्फत विकास प्रयासमा मुलप्रवाहिकरण गरिने छ ।
घ) खानेपानी तथा सिंचाई ः
– शसर्त अनुदानका अतिरित्त साना सिंचाई तथा अन्य खानेपानी व्यवस्थापनको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
– एक घर एक धाराको नीति अवलम्वन गरी पालिकाका सवै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।
– बृहत खानेपानी योजना संचालनका लागि संघ र प्रदेशसँग समन्वय गरी संचालनमा ल्याइनेछ ।
च) पर्यटन प्रवद्र्धन ः
– पर्यटन स्थलहरुको पहिचान गरिने छ । मष्टा मन्दिर, झादेव मन्दिर, महंकाल मन्दिर लगायत अन्य पर्यटकीय स्थलहरुमा पदमार्ग सञ्चालन गर्न रकम विनियोजन गरिनेछ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा जोड दिईनेछ । पर्यटन विकासको लागि आवश्यक रकम विनियोजिन गरिएको छ ।
– कुशे गाउँपालिका भित्रका पुराना संस्कृति बाजा ९ वटै वडामा बाजाको व्यवस्थामा बजेट व्यवस्था गरी संरक्षण गर्ने नीति लिएको छु ।
– गाउंपालिकालाइ धार्मिक पर्यटन, ऐतिहासिक स्थलमा आधारित पर्यटन, कला तथा संस्कृति सम्बन्धित सास्कृतिक पर्यटनको रुपमा विकसित गर्दै गुरुयोजना अनुरुप लगिनेछ ।
– ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न होमस्टे कार्यक्रमको प्रवद्र्धन र प्रचार प्रसार गरिने छ ।
– पर्यटनको विकासका लागि सूचना, सुविधा र सुरक्षाको अवधारणालाई अबलम्वन गरिनेछ ।
– गाउँपालिकाको केन्द्र हुँदै धारापानी चुकेडाँडा हुँदै नदाई डाव जोड्ने पर्यटकिय पदमार्ग निर्माणमा जोड दिने छु ।
-कुशेको रेडपाण्डा व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाउने छु ।
घ) वन तथा वातावरण
१. बाढी नियन्त्रणको लागि एक वडा एक नर्सरी स्थापना गरी जोखिमयूक्त ठाउँमा विरुवा रोप्ने कार्यक्रम तय गरिनेछ । त्यसै गरी बाढी पहिरो हुने भुक्षय नियन्त्रण गर्न र जोखिमयूक्त बस्तीमा नदि खोला नियन्त्रणको लागि आवश्यक तटबन्ध निर्माण कार्यलाई पुन निरन्तरता दिएको छु ।
२ उद्योग क्षेत्रको विस्तारको लागि सम्भावित स्रोतको पहिचान तथा विकास गर्ने, खनिज तथा खानीजन्य पदार्थहरुको उत्खनन एवं बजार विस्तारको लागि पहल गर्ने, पैठारी गरिने काइनेटिक, टुरमालिन क्र्वाज, काइनेट तथा सिलेट ढुंगा लोक्ता खोटो लगायतका वस्तुहरुलाई करको दायरामा ल्याई ती वस्तुहरुको बजार खोजी गरी पैठारी गर्ने नीति लाई निरन्तरता दिइने छ ।
३ वातावरण तथा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिइनेछ । वनको बैज्ञानिक व्यवस्थापन गरी वनलाई आम्दानीको श्रोतको रुपमा विकास गर्न आवश्यक व्यवस्था गरिनेछ । साथै वन क्षेत्रको संरक्षणको लागि एक वडा एक नमूना सामुदायिक वन निर्माण कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
४. वातावरणीय पर्यावरणमा असन्तुलन भई वन समेत क्षति हुने भएकोले खोटो संकलन कार्यलाई निरुत्साहित गर्ने व्यवस्था मिलाउने नीति लिएको छु ।
ङ) सूचना प्रविधि सेवा प्रवाह र सुशासन
१ . गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट दिईने सम्पूर्ण सेवाहरुलाई छिटो छरितो, भरपर्दो, गुणस्तरीय एवं नागरिक मैत्री बनाईनेछ । सेवालाई सूचना प्रविधि मैत्री बनाई विद्युतीय शासनको अवधारणा लागू गर्ने नीति लिएको छु । कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरी दक्ष बनाइनेछ ।
२. गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरु एवं विषयगत निकायका कर्मचारीको क्षमता विकास गर्न विभिन्न खाले तालीम एवं सीप विकास सम्बन्धी गोष्ठीहरु आयोजना गर्ने एवं अन्य निकायसगं समन्य गर्ने निती लिएकोछु ।
३. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही तथा पंजिकरण लगायत गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक निकायहरु मार्फत प्रवाह गरिने सेवाहरु सेवाग्राही मैत्री बनाउन अनलाइन सिस्टम मार्फत गर्न व्यवस्था मिलाई इ गर्भनेन्सको प्रत्याभूति गराउने व्यवस्था मिलाईनेछ ।
४. कुशे गाउँपालिकाका सम्पूर्ण क्षेत्र भित्र संचार सेवाको विस्तार गरिनेछ । मोवाईल एवं ईन्टरनेट सेवाको विस्तारको लागि आवश्यक पहल भईसकेकोछ । यसै आ.व. भित्र यी सेवाको विस्तार गर्न आवश्यक कार्य अघि बढाउने छु । ६. कुशे गाउँपालिकाको सम्मूर्ण प्रशासनिक गतिविधिहरु, निणर्य प्रक्रियाहरु, एवं कार्यक्रमहरु पारदर्शी, सहभागितामुलक, जनमुखी, भ्रष्टाचार रहित एवं उत्पादनमुखी बनाईनेछ ।
७. कुशे गाउँपालिका वा मातहतका तथा अन्य विषयगत एवं सरकारी सेवा प्रवाहका जिम्मेवारी सबै असल तथा छिटो काम सम्मन्न गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने र खराव तथा आफ्नो काममा वेवस्ता गर्ने उपर दण्ड गर्ने निती लिईएकोछ । विषयगत निकायका कर्मचारी तथा गाउँपालिकाका कर्मचारी सबैमा कार्यसम्पादन सम्झौता गरिने छ ।
८. स्थानीय शान्ती सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकाय एवं सुरक्षा कर्मीहरुलाई चुस्त दुरुस्त एवं नागरिक मैत्री बनाईनेछ ।
९. यस गाउँपालिका भित्र समाहित भएका विषयगत निकायहरु जस्तो शिक्षा,स्वास्थ्य, खानेपानी, बन, कृषि, भेटेनरी लगायतकाहरुको काम कारबाही प्रभावकारी बनाउने नीति लिईनेछ । सम्पूर्ण निकायका काम कारबाही गाउँपालिकाको नीति अनुरुप बनाईने छ । गाउँपालिकाको निर्देशन,एवं नियमनमा सबै निकायले प्रदान गर्ने सेवालाई नागरिक मैत्री बनाईनेछ ।
१०. यूवा पूस्ताको क्षमता विकास गर्न विभिन्न सीप विकास सम्बन्धी तालीम कार्यक्रम संचालन गरिनेछ ।
अन्य नीतिहरु ः
-पाँचकाटीय, ढिमे, पैंक, ब्याउली ढुङ्गा हुदैँ जुम्ला जोड्ने भेरी—कर्णाली लोकमार्ग निर्माणका लागि केन्द्रिय सरकारसँग पहल गरी कुशे गाउँपालिकाको दीर्घकालीन विकासको आधार तथा जाजरकोट जुम्ला जोड्ने सबै भन्दा छोटो अन्तर जिल्ला सडक सञ्जाल विस्तार गरी आर्थिक विकासका लागि मुल रुपमा जोड दिने छु ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमहरु एकद्धार प्रणाली मार्फत गाउँ कार्यपालिकाको बैठकबाट पारित गरी गाउँ सभाबाट अनुमोदन गरेर गाउँपालिकाले तय गरेको नीति वमोजिम सञ्चालन हुने रणनीति लिएको छु ।
– जेहन्दार तथा अति विपन्न विद्यार्थीहरु एवं विगत जिल्ला स्थित कार्यालयबाट छात्रवृति मार्फत कुनै विद्यालय, विश्वविद्यालय तथा अन्य शैक्षिक संघ संस्थामा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृति कार्याक्रमलाइ नियमित गरिने व्यवस्था गरेको छु ।
– कुशे गाउँपालिकामा एक राहत कोष स्थापनाको व्यवस्था मिलाएको छु । सुत्केरी तथा प्राकृतिक प्रकोपमा परेका नागरिकको हवाई उडानबाट तुरुन्त उद्धार गर्ने व्यवस्था मिलाउने छु ।
आ.व. ०७४÷०७५, ०७५÷०७६, ०७६÷०७७ ०७७÷०७८ मा उल्लेख गरिएकबमत्रका नीति तथा कार्यक्रमहरु पुरा नभए सम्म आगामी आ.व.मा पनि निरन्तरता दिने व्यवस्था मिलाउने छु ।
समस्याहरु धेरै छन, सवै समस्याहरु एकैपटक समाधान गर्न नसकिएला सीमित श्रोतको उपलव्धताका कारण गाउँपालिका वासीहरुको अपेक्षा निश्चित रुपमा सम्वोधन गर्न नसकिएता पनि क्रमिक रुपमा सम्वोधन गर्दै वर्तमान वस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतीहरुको समाधान गर्न हामी कुशे बासी कटिवद्ध प्रतिवद्ध र एकतावद्ध भयौ भने अवश्य पनि कुशे गाउँपालिकाको उज्जवल भविष्य निर्माण गर्न सकिन्छ । आशावादी बनौं ।
अन्त्यमा गाउँपालिकाको बजेट निर्माण तथा नीति कार्यक्रम र गाउँपालिकाको निर्णय कार्यान्वयन प्रक्रियामा सहयोग पुर्याउने सवै राजनितिक दल, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चार क्षेत्र लगायत सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद ।
प्रस्तुतकर्ता
हरिचन्द्र बस्नेत
अध्यक्ष, कुशे गाउँपालिका
मिति २०७७ आषाढ १०
धन्यवाद ।