वडाध्यक्षको पुत्ला दहन गर्ने र फेसबुकमा पोष्ट गर्नेले मागे माफी
भालुवाङ, दाङमा एक वडाध्यक्षकाे पुतला दहन गर्ने र त्यही पुतला दहन गरेकाे भिडियाे फेसबुकमा पाेष्ट गर्ने दुबै जनाले सार्वजनिक रूपमा माफी मागेका छन् ।
दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ जितपुरका एक ७२ वर्षीय वृद्व लखनउबाट उपचार गराएर क्वारेन्टाइनमा नबसी वडा अध्यक्षको निर्देशनमा सिधै घर पठाइएको विषयलाई लिएर सोही गाउँका चन्द्रप्रकाश अधिकारी सहित केही व्यक्तिहरूले राप्ती गाउँपालिकाका प्रवत्ता तथा ७ नम्बर वडाध्यक्ष विद्याशरण चाैधरीको पुत्ला दहन गरेका थिए ।
भने पुत्ला दहन गरेको भिडियो र फोटो सहित स्टाटस लेखेर सोही ठाउँका निमराज पोख्रेलले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए । लखनउबाट उपचार गराएर आएका विरामीको लखनउमा पिसिआर गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको र गन्तव्य सम्म गाडी रिजर्भ गरेर सुरक्षित तरिकाले घर आएको हुँदा क्वारेन्टाइनमा राख्न उचित नहुने तर १४ दिन होम क्वारेन्टाइनमा राख्न वडाध्यक्षले विरामी परिवारलाई आग्रह गरि स्थानीयहरूलाई समेत सो विषयमा जानकारी गराउँदा गराउँदै पनि प्रवत्ता तथा वडाध्यक्षको पुतला दहन गर्नु त्रुटि भएको भन्दै मंगलबार प्रहरी चाैकी सिसहनियाँमा वृहत छलफल भएको थियो ।
छलफलले पुतला दहन गर्ने समुहका अधिकारी र सामाजिक संजालमा पोष्ट गर्ने पोख्रेलले आगामी दिनमा यस प्रकारको गल्ती नगर्ने गरि आ- आफ्नो गल्ती तथा कमी कमजोरी स्वीकार गरेपछि विवाद अन्त्य भएको छ । छलफलमा प्रहरी चाैकी सिसहनियाँका प्रमुख, १ र ५ का वडा अध्यक्ष , गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा बुद्धिजीवी, युवा अगुवाहरूको सहभागीता रहेको थियोे ।