हिजो अस्ति नदेखिने आज देख्दै छु

हिजो अस्ति नदेखिने आज देख्दै छु
अकाल्मै ज्यान जान्छ जस्तो आज देख्दै छु ।

मन्त्रीहरु चिल्ला गाडी अनि हवाईजहाजमा
भोकले र शोकले मर्दै छन,जनता, आज देख्दै छु ।

गफ नलगाउ समाजबाद अनि साम्यवादको
दलितलाइ मार्ने ब्राह्मणबाद आज देख्दै छु ।

खै कता हराउनुभयो देश समृद्ध बनाउछु भन्नेहरु
भष्ट्रचारले खल्तीमात्र ,भर्नेहरु आज देख्दै छु ।

सङगै युद्ध लड्न हिडेका सहयात्रीले पनि
आफ्नै तिर मिसाइल फर्काइ आज देख्दै छु ।

जिउछु सङगै मर्छु सङगै भन्ने जिवन संगीनिले
टाढाहुदा अर्कै तिर ,माया लाउछे ,आज देख्दै छु ।