हालसम्म २ हजार ३३८ जना कोरोनाबाट निको भए

काठमाडौं , पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट कोरोना संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या ११४ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १०६ जना पुरुष र ८ जना महिला निको भएका हुन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ३३८ रहेका छन्।