बुधबार बाँके र बर्दियामा १२ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ असार १०, बुधबार १४:०९
प्रकासित समय : १४:०९
नेपालगन्ज , बाँके भेरी अस्पताल मा गरिएको पिसिआर परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसमा बाँकेका ११ जना र बर्दियाका १ जना रहेका छ्न ।
बाँकेको बैजनाथ गाउँपालिकाका ९ जना र कोहलपुरका २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस्तै बर्दिया ठकुरबाबा नगरपालिकामा एकजनामा कोरोना भाइरस देखिएको भेरी अस्पतालले जनाएको छ ।