नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए ।
बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि छलफल हुने छ भने अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।
एमसीसीबारे पार्टीभित्र दुई धार स्पष्ट देखिएकाले यसलाई पार्टीभित्रबाट सर्वसम्मत गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो परिरहेको छ । एमसीसी अनुमोदनको पक्षमा ओलीलगायतका पक्षधर नेता छन् भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शिर्ष नेताहरु संशोधन गर्नुपर्ने अडानमा छन् ।