तीन लाख घुससहित समातिएका वडाअध्यक्षविरुद्ध मुद्दा
प्रकासित मिति : २०७७ असार १०, बुधबार १७:३०
प्रकासित समय : १७:३०
काठमाडौं , काठ व्यवसायीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका पाल्पाका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
रैनादेवी छहरा गाँउपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अध्यक्ष पुनले आफ्नो वडाअन्तर्गत रहेका सामुदायिक वनबाट काठ लिलामी तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको खुलेको अख्तियारले जनाएको छ।
पुनले वडाभित्र काठको काम गर्दा प्रतिक्युबफिट ३० रुपैयाँका दरले माग गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।