गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९
प्रकासित मिति : २०७७ असार १०, बुधबार ०७:२४
प्रकासित समय : ०७:२४
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो ।
लमजुङका ५, पर्वतका १, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, पूर्वी नवलपरासीका १ जनामा संक्रमण देखिएको डा. विनोद विन्दु शर्माले बताए ।
संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।